थप २ सय ७९ जनामा संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४ हजार ३ सय ६४

Top Post समाचार

२८ जेठ, काठमाडौँ। गत २४ घण्टामा देशभर २ सय ७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  अाज थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको बताए । यस्तै संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला छन्।

नेपालमा हालसम्म ६ सय ७४ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन्। त्यस्तै उनले अहिलेसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ भने हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।