छुवाछुतको अन्त्य र नबराज बिकको हत्याको बिरुद्दमा गोरखाको वुंकोटमा र्यालि

समाचार

२३ जेठ, गोरखा। रुकुमको चौरजहारी घटनाका दोषीलाई कारबाहीको माग राख्दै गोरखाको बुन्कोटमा प्रदर्शन भएको छ । उनीहरुले छ जनाको हत्याको बिरोध र उक्त घटनाका दोषीलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन् ।

र्यालीमा सहभागीहरुले सोतिमा घटेको नरसंहार हत्याकाण्डको सत्य छानविन गर, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन, दलित समूदायसहितको उच्चस्तरीय छानविन समिति गठन गर जस्ता नारा लेखिएको ब्यानर, प्लेकार्डहरु बोकेर गाउँ परिक्रमा गरेका थिए। शहिद लखन गाउँ पालिका वडा ७ का वडाध्यक्ष शरण श्रेष्ठ का अनुसार उक्त र्यालीमा सयौँ को उपस्थिति रहेको थियो।

जाजरकोटका नवराज विश्वकर्मा प्रेमिकालाई भगाउन भन्दै चौरजहारी पुग्दा गाउँलेहरुद्वारा आक्रमण भएको थियो । उक्त आक्रमणमा परी नवराजसहित छ जनाको हत्या भएको थियो । घटना जातीय विभेदका कारण भएको दाबीसहित दोषीलाई कारबाही गर्न माग गर्दै देशका विभिन्न ठाउमा प्रदर्शन भईरहेको छ।