म्यानमार एयर फोर्सबाट २६ नेपाली स्वदेश फर्किए

Top Post समाचार

२३ जेठ, काठमाडौँ। कोरोना भाइरसको संक्रमणपछि उत्पन्न असहज परिस्थितिका कारण म्यानमारमा अलपत्र २६ जना नेपाली शुक्रबार स्वदेश फिर्ता भएका छन् ।

उनीहरु म्यानमार एयर फोर्सको चार्टर विमानबाट काठमाडौं आएका हुन् । साेही विमानले काठमाडौंमा अलपत्र परेका म्यानमारका ५३ जना नागरिकलाई फिर्ता लैजाने भएकाे छ ।

स्वदेश फर्केकालाई केही समय होल्डिङ्ग सेन्टरमा राखि आ–आफ्नो प्रदेशमा पठाइने बताइएकाे छ ।