थप २३ जनामा कोरोना भाइरसको संक्रमण

Top Post समाचार

काठमाडौं । दैलेख र सप्तरीमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो परीक्षणमा दैलेखको नारायणनगरपालिकाका १४ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । उनीहरु सबैजना भारतबाट फर्किएको पाइएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दैलेखका १४ जनामा कोरोना भाइरसको संक्रमण पाइएको प्रयोगशालाका संयोजक विवेककुमार पुनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो ४:१५ मा गरेको पत्रकार सम्मेलनसम्ममा देशैभर १ हजार २ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पाइएको थियो ।