घर सफा गर्न सिकाउँदै अभिनेत्री सनी लियोनी

मनोरन्जन

एजेन्सी । भारतमा जारी लकडाउनका कारण सम्पन्न व्यक्तिका घरमा बाहिरबाट कामदार आउन सकेका छैनन् । जसका कारण कतिपय सेलिब्रेटी आफैंले घरको काम गर्नुपरेको छ ।

यस्तै, लकडाउनका कारण आफ्नो घरमा काम गर्ने महिला (बाई) नआएपछि आजकल आफ्नो दिनचर्चा घरको काम गर्दैमा बित्ने गरेको पूर्वपोर्नस्टार तथा अभिनेत्री सनी लियोनीले बताएकी छन् ।

यी अभिनेत्रीले यो अवधिमा आफूले घरको काम गर्न सिकेको बताइन् । यसअघि कोरोना संक्रमणबाट कसरी जोगिने भन्नेबारे सन्देश दिँदै आएकी यी पूर्वपोर्नस्टारले यतिबेला घरमा यदि जुत्ताको माध्यमबाट कोरोना आएको छ भने त्यसलाई कसरी सफा गर्ने भन्ने उपाय सिकाएकी छन् ।

यी अभिनेत्रीले अहिलेको अवस्थामा घरको बरन्डालाई कसरी सफा गर्ने भनेर एउटा भिडियो नै पोस्ट गरेकी छन् । उनले सो भिडियोमा घरलाई राम्ररी सफा गरेर त्यो भिडियो पनि सामाजिक सञ्जालमा प्रस्तुत गरेकी छन् ।

उनले घर सफा गर्दै गरेको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । कतिपय दर्शकले उनको यो कामको खुलेर प्रशंसा गरेका छन् ।

उनको मिहिनेत राम्रो भएको भन्दै अभिनेत्री सनीलाई यस्तो काममा निरन्तरता दिन बताएका सुझाव दिएका छन् ।

साथै, आफ्नो काम गर्दा कहिल्यै पनि सानो नभइने उनीहरूले बताएका छन् । कसैले भने काम नपाएर यी नायिकाले नाटक गरेर बसेको भन्दै टिप्पणी पनि गरेका छन् ।