मेरो त्रासदी पुर्ण १४ दिन : अब ढुक्क भएँ

बिचार

सुर्य सुवेदी

१७ मार्चमा अचानक भैरहवा जानू पर्ने काम पर्याे। गाडीमा भिडभाड र धेरै समय लाग्ने भएकोले जहाजमा जाने निर्णयमा पुगे। यति एयरलाइन्सकाे एक बजेको फ्लाइट थियो । सवा १२ बजेनै एयरपोर्ट पुगे। दुई पटक ज्वरो नापियाे। रिज्लट ठिक आयो । बाेर्डिङ लिने बेलामा ३/४ जनाको एउटा ग्रुप आयो भैरहवा जानलाई। उनिहरुकाे बाेलि आधा नेपालीमा र आधा अङ्ग्रेजीमा थियाे। एउटा सानाे बच्चा पनि थियो । हेर्दा अनुमान लाग्थ्याे कि उनिहरु मध्य काेहि त युरोप अथवा अमेरिकाबाट आएकाे हुनुपर्छ । नभन्दै एक जना महिला र बच्चा लण्डनबाट आएका रहेछन्। वेलायतकाे कार्ड हाेल्डर। लण्डनमा काेराेनाकाे महामारी फैलिन थाले पछि नेपाल आएका रहेछन । मार्च १६ मा। डर लाग्यो । उनिहरुले मास्क लगाएका थिएनन् । मास्कलाई च्युडाेमा झुन्ड्याएका थिए। मलाई डर लाग्नु स्वभाविक थियो । उनिहरु भन्दा अलि धेरै दुरि कायम गरेर बसे। तर जानू थियो एउटै फ्लाइटमा। त्यहि डर लागिरहेको थियो । सन्जाेग मेरो अगाडिको सिट पर्याे उनिहरु कता बसे पत्तो भएन। मार्च १८ मा काठमाडौ फर्किए । संक्रमीतसंग एउटै फ्लाइटमा फर्कनेहरु पनि संक्रमीत भएका जब समाचार पढ्न थालियो तब मेरो पनि मुटुले ढ्याङ्राे ठाेक्न थाल्यो ।

ती महिला काेराेना संक्रमीत थिइन/थिइनन्। आजसम्म थाहा छैन तर मैले उनलाई संक्रमीत नै हुन भन्ने हिसाबले साेचे । घरमा त सम्भावना थिएन तर बाहिर म जहा गए त्यहाँ एउटा डिस्टेन कायम गरेर बसे । भृकुटीमण्डपमा साथीहरूले म डिस्टेन कायम गरेर बस्दा जिस्काए पनि । सुर्यजी कति टाढा बस्नु भाकाे, हामीलाई काेराेना छैन हो। नजिक बस्नुस केही हुन्न। तर मेरो मनमा जुन सम्भावित डर थियाे । म साथीहरूलाई जाेखिममा पार्न चाहन्न थिए । धेरै ठाउँमा त जानै छाेडेकाे थिए । यहि बिचमा मेरो बाबाको बार्षिक तिथि थियो । तिथिमा ठुलो दिदी र छाेरिहरुलाई बाेलाउने गर्थे। मनमा डर थियो कतै मैले दिदि र छोरीहरूलाई राेग सारे भने। छाेरिहरुलाई बाेलाइन। दिदीलाई त जसरी नि बाेलाउनु छ। सकेसम्म दिदिसंग दुरि कायम गरेर बसियाे। अझ घरमा रहेका साना बच्चाहरु जस्लाई आफ्नो बाबा भन्दा ठुलो केहि लाग्दैन उनिहरु अघिपछि भन्दा नि झन नजिक नजिक आएको भान हुन्थ्यो । लाग्थ्यो मेरो एउटा यात्राको कारण यिनिहरुलाई पनि मैले जोखिममा हाले। याे बिचकाे चौध दिन अलि कष्टपुर्ण नै वित्यो । आज पन्ध्रौं दिन भयो । कुनै लक्षण छैन। मा ढुक्क भए।

सायाद ती महिला पनि बिना राेग नेपाल आएकी रहिछन। उनलाई पनि केही नभाकाे हाे र त्यो सानाे चुलबुले बावुलाई पनि। अस्ति ल्याएको आलु बाहिरै छ। ग्यास र गेडागुडी पनि बाहिरै छ। आज ल्याएकाे चियापत्ती पनि बाहिरै छ। स्कुटीको साचो स्कुटीमै छाडेको पनि निक्कै दिन भाे। किनकि समान ल्याएको पलास्टिकमा काेराेनाकाे भाइरस हुनसक्छ, आलुकाे बाेरामा काेराेना भाइरस हुनसक्छ, ग्यासकाे सिलिन्डर अथवा स्कुटीको साचाेमा पनि भाइरस हुनसक्छ ।आफैले समातेको ढाेकाकाे चुकल र ह्णडलमा पनि सधैं काेराेना देखिन्छ । साबुन पानीले सफा गरेको पनि बिसौ पटक भयो । हात धुदा लाग्छ साबुन र धाराको टुटीमै भाइरस छ कि । तरकारीको काट्ने चक्कु र चुलेसी देख्दा पनि डर लाग्छ ।

बुढिलाई लागेको ख्यास ख्यासे खाेकिले त लामाे समय तनावनै बनायो । केटाकेटीलाई लागेको रुघाखोकी र बेलाबेलामा उनिहरुले गर्ने हाछ्युले झन तनाव बनाउछ। कान्छी छाेरिले पटकपटक थर्माेमिटर काखीमा राखेर ज्वरो नाप्दा उसलाई पनि कत्तिको तनाव छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । समय यस्तो आयो आफ्नै घर, परिवार, आफन्तसंग पनि डर लाग्छ । अझ ब्रेकिङकाे बाहानामा आउने अपुष्ट समाचारहरुले सम्पूर्ण समाजकाे दिमागलाई दिगभ्रमित बनाइएकाे छ। दिनमै यति मान्छे मरे भनेर हेडलाईन नै बनेर आउने समाचारहरुले त झन भाेलि बिहान हुन्छ कि हुन्न भन्नेमा त्रास फैलिएको छ ।

घर नजिकैका क्षिमेकी धर्मेन्द्र झा, मनाेज गजुरेल, फडिन्द्र फुयाल र राजकुमार गौतमसंग देखादेख नभएको पनि निक्कै दिन भैसकेको छ। दुई दिन अघि वीर अस्पतालमा काम गर्ने दाइसंग अचानक भेट भाे। एकदम त्रसित र थकित मुद्रामा । सानाे छाेराे छ कुरा बुझ्दैन। ढाेका खाेल्ने बित्तिकै दौडेर अङ्गालाे मार्न आइहाल्छ । न आफुले राेग ल्याएर सार्ने हुकि ? बहुत चिन्ता छ उहाँलाई। डाइरेक्टरसंग भने कमसेकम याे महामारी नराेकिउन्जेल हामीलाई यतै बस्ने ब्यबस्था गरिदिनुस। तर केही जवाफ छैन। पेन्सन भैसकेका उनी पहिला नै जागिर नछाडेकाेले पश्चतापमा छन। वीर अस्पलामै काम गर्ने दुर्गा बैनिले मास्ककाे लागि मलाई धेरै पटक फाेन गरेको सम्झना अझै ताजा छ ।

अस्पतालमा काम गर्ने डाक्टर ,नर्स लगायतका स्वास्थ्यकर्मीहरुमा घरवेटिहरुले घरबाट निकाल्ने हुनकी भन्ने त्रास छ । कसैले कहा काम गर्नुहुन्छ भनेर साेधे ढाट्नु पर्ने अवस्था छ। हुलिया परिवर्तन गर्नु पर्ने अवस्था छ। अझ काेराेनाकाे त्रासले शहर छाडेर गाउँ गएका दशौलाख मानिस, पछिल्लो समय बिदेशबाट आएका नागरिक र लकडाउन पछि हजारौंकाे सङ्ख्यामा भारतको संक्रमीत ठाउँबाट आएका नागरिकबाट पुरा शहर र गाउँनै त्रसित छ।सिमित श्रोत, साधन र जनशक्तिले गरिएको चेकजाँचले आम नागरिक विस्वस्त हुन सकिरहेका छैनन् । ज्वरो आएका बिमारी र काेराेना भन्दाअन्य कारणले हुने छातीका इन्फेक्सन हुने बिमारीहरु उपचार बिना मरिरहेका छन र अरु धेरै मर्ने सम्भावना छ।

ज्वरो कुनै राेग हैन राेगकाे लक्षण हाे प्राय जुनसुकै राेगमा पनि ज्वरोकाे लक्षण देखिन सक्छ। सधैभरि लुटकाे धन्दा चलाउने धेरै जसाे निजी अस्पतालहरुले ज्वरो र संक्रमणका बिमारीलाई उपचार गर्नुको साटाे अस्पतालकाे ढाेकामा ताला लगाएर बन्द गरेका छन। उनिहरुमा लुटकाे स्वार्थ बाहेक सामाजिक उत्तरदायित्व र सामाजिक कर्तव्य कुन चरिकाे नाम हाे भन्ने पत्तै छैन।पछिल्लो समय ओम अस्पताल बाहेक प्राय सबै निजी अस्पतालहरु सामाजिक उत्तरदायित्व बिहिन देखिन्छन् । मुर्खहरुसंग अहिले बिमारी भएकालाई ठिक पार्न पाए पछि यिनैलाई जायजेथा सकिने गरि लुट्न पाइन्छ भन्ने सामन्य बुद्धि पनि भएको पाइएन।

आफ्नो बैंकमा भएको पैसा निकल्न नपाएर हातमुख जाेर्न समस्या भएको भनेर पुराना तथा हालसम्म पनि सक्रिय पत्रकारिता गरिरहनु भएका चक्रपाणि दाजुले बारबार फाेन गर्नु भएको कुरा मानसपटलमा ताजै छ। गिरीबीको रेखामुनि रहेका लाखौ मजदुरहरुकाे अबस्था झन दयनीय छ । उनिहरुका परिवारले कसरी गुजारा गरेको हाेला कल्पना गर्न पनि कठिन छ। याे कठिन परिस्थितिमा सबै मिलेर लड्याे भने मात्रै काेराेना बिरुद्ध जित हाेला नत्र काेहि चाडै मर्लान काेहि ढिलाे मर्लान। काेराेनाले न धनि चिन्छ न गरिव चिन्छ। काेराेना तिमी जत्तिकाे पक्षपाती छैन । संसारका मै हु भन्ने वादशाहहरुलाई त ढाल्न सक्छ काेराेना तिमी त के हौ र ?