बजेट सिद्दान्तत ठिकै छ तर ब्यबहारिकता भएन : डा. भट्टराई

Top Post अर्थ

सरकारको तर्फबाट अर्थ मन्त्रि युबराज खतिवडाले आज संसद मा बजेट प्रस्तुत गरेका छन्। कतिपय ले बजेट लाइ समय अनुकुल भनेका छन् भने कतिपयले यसलाई पुरानै ढर्राको संज्ञा पनि दिएका छन्।

साथै पूर्व अर्थ मन्त्रि डा. बाबुराम भट्टराई ले अहिलेको बजेट लाइ ब्य्बहारिकता नभएको भनेर टिप्पणी गरेका छन्। पालिका टाइम्स संग कुरा गर्दै डा. भट्टराई ले भने :”यो बजेट फरक ढंगले आउनु पर्थ्यो तर करिब करिब निरन्तरता जस्तै नै आयो। त्यसैले यसले समस्याको समाधान गर्दैन भन्ने मेरो निस्कर्ष छ तर पनि जोड दिने कुरामा जोड दिएको जस्तो देखिन्छ। कोरोना को बिषयमा र व्यवसायी लाइ राहत दिने कुरा गरेकोले समय सापक्ष भन्न मिल्छ। ”

भट्टराईले स्वास्थ्य क्षत्रमा छुट्टाइएको बजेट निकै कम भएको धाराणा राखे। गत वर्ष स्वास्थ्यमा ६८ अर्ब बिनियोजन गरेकोमा यस वर्ष संकट को बेलामा पनि ९० अर्ब मात्र आएको छ। महामारीको बेलामा यो बजेट ले स्वास्थ्य क्षेत्रमा केहि गर्न नसक्ने टिप्पणी गरेका छन् । साथै, समग्रमा बजेट अपुग भएको प्रतिक्रिया दिएका छन् ।