नेकपा नेता जनार्दन शर्माले फिर्ता गरे सशस्त्रको टोली र गाडी

Top Post राजनीति

नेकपा नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो सुरक्षा मा खटिएका सशस्त्र टोलि तथा गाडीको सेवा सुबिधा सरकारलाई फिर्ता गरेका छन्। सई इश्वर केसी को नेतृत्व मा गृह मन्त्रालय ले शर्मा को सुरक्षा का लागि ८ जनाको टोलि खटाएको थियो।

आँफु भन्दा देश को रक्षा गर्नु पहिलो आबश्यकता भन्दै शर्माले आफ्नो निवास बाट खादा लगाएर सम्मान का साथ टोलि लाइ बिदाइ गरेका हुन।

यसअघि नेकपा कै अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि आफ्नो सुरक्षा मा खटिएका सुरक्षाकर्मीहरुलाई देश रक्षाको निम्ति भन्दै फिर्ता पठाएका थिए।