काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न भएको पाईएपछि एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप विहिवारदेखि प्रहरी हिरासतमा छन्। उनलाई प्रहरीले बुधवार बुटवलबाट पक्राउ गरेको थियो।
बिहीबार उनलाई काठमाण्डौं ल्याएर दिउँसो काठमाण्डौं जिल्ला अदालतमा याद थपका लागि उपस्थित गराइएको थियो। काठमाडौं परिसरले सन्दीपलाई पनि अरु थुनुवासँगै परिसरबाट बबरमहलस्थित अदालत पुर्याएको थियो।
सन्दीपविरुद्ध प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लगाएको छ। प्रहरीका अनुसार उनका नाममा चार वर्षअघि ाटेको डेढ करोडको चेक फेला परेको छ भने अरु केही रुपैयाँ बुझाएको प्रमाण पनि फेला परेको छ।
सन्दीप रहेकै हिरासत कक्षमा सोही मुद्दाका अभियुक्तहरु पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र विचौलिया सन्देश शर्मा पनि छन्।
सोही आरोपमा पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर भने सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ। उनको फोन पनि स्विच अफ छ। टोपबहादुरले पनि ठगी गरेको पुष्टि हुने प्रमाण फेला परिसकेको प्रहरीको दाबी छ। जानकारी अनुसार उनले ६० लाख नगर्दै वुझेको लिखित रेकर्ड प्रहरीको हात लागेको छ। नेपाल आजमा खवर छ।