गोरखाबाट निर्वाचित प्रधानमन्त्री प्रचण्डले पनि गोरखाको विकासमा जोड दिनुपर्छ : नेता वजगाईं

Top Post राजनीति समाचार

काठमाडौं । गोरखा–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफ्नो क्षेत्रको चुमनुव्री गाउँपालिकामा अझै पैदल हिँड्नुपर्ने बाध्यता रहेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले चुमनुव्री गाउँपालिका सतप्रतिशत पैदलको भरमा रहेको बताएका हुन् ।

उनले गोरखाबाट निर्वाचित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गोरखाको विकासमा जोड दिनुपर्ने बताए । उनले आफूहरूले निर्वाचनमा क्रममा बुढीगण्डकी परियोजना र पहाडको लाइफ लाइन बन्न सक्ने लार्के–ठोरी सडक निर्माण गर्ने अठोट गरेको पनि स्मरण गरे ।

गोरखाका स्मार्ट भोटरले मसहित सम्माननीय प्रधानमन्त्रीलाई माइक्रोस्कोपले हेरिरहेको छन्,” उनले भने ।

उनले आफ्नो क्षेत्रमा बस्ती स्थानान्तरण, एकीकृत बस्ती निर्माण र जडीबुटी विकासको आवश्यकता रहेको पनि बताए ।