गोरखा। उत्तरी गोरखामा ढुंगा लागेर घाइते भएकी एक महिलाको गोरखा १ का सांसद तथा नेपाली कांग्रेसका नेता राजेन्द्र वजगाईंको पहलमा हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। चुमनुब्री गाउँपालिका बिही गाउँमा ढुंगा लागेर घाइते भएकी २१ वर्षीया छानी गुरूङलाई हेलिकप्टरबाट उद्धार गरिएको हो।
उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको छ। उनको उपचार जारी छ।
उनी धार्चे गाउँपालिका वडा नम्बर २ की हुन्। उनको टाउकोमा ढुंगा लागेको थियो।