गोरखा। नेपाली सेनाको रिपुमर्दन गणले गोरखाको ‘ठुलो आँगन’मा एकीकरण सम्राट बडामहाराजधिराज पृथ्वीनारायण शाहको प्रतिमा निर्माण गर्ने निर्णय गरेपछि नेपाली काँग्रेसका युवा नेता तथा गोरखा क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य राजेन्द्र बजगाईंले गोरखाको गौरव र विकाससंग गहिरो अभिरुचि भएको बताएका छन्। सामाजिक संजालमा आएका सार्वजनिक क्रियाप्रतिक्रिया समर्थन र रोष नजिकबाट नियालिरहेको बताएका छन्। उनले भनेका छन्, हाम्रो ध्यान खिच्ने अभिप्रायले सामाजिक संजाल मार्फत जागरूकहरूको मन्द प्रहार पनि हेरिरहेका छौँ ।
बजगाईंले सामाजिक संजालमा लेखेका छन्, पृथ्वीनारायण शाह नाम लिनेवित्तिकै नतमस्तक हुने हामी नेपालीहरू नेपालको रक्षार्थ निर्माण भएको अन्तिम सैन्यबल हाम्रो सेनाको यो अभिप्रायमा गोरखाली जनताले कतै खोट पक्कै देख़्दैनन् । नेपाली राजनीतिक दल र यसका नेतृत्वहरू स्थानीय तहमा निर्वाचित हुनुभयो र नेपाली सेनाको यो अभियानमा साथ दिइरहनु भएको छ, तथापि, तल्लो दरबार परिसरमै ठूलो सालिक छ (यहाँ सालिक भत्किए तर जसद्वारा भत्काइयो, उही विचारको सरकारका प्रतिनिधि पूर्व संस्कृतिमन्त्री रामकुमार श्रेष्ठबाट अर्को सालिक निर्माण पनि भयो) वा पृथ्वीनारायण शाह जन्मिनुभएको स्थानमा पनि बनाउन सकिन्थ्यो भन्ने विचार पक्कै सतही हैनन् न जनअनुमोदित प्रतिनिधिको निर्माणको सहमति ।
सालिक निर्माणपूर्व व्यापक छलफल गरिएन कि, कुन सार्वजनिक स्थल हो, पब्लिक हियरिंग आवश्यक हो वा होईन यी सब सेनासंग सहमति पूर्व गरिएकि गरिएनन् भन्ने प्रश्न अब खोज्नु उपयुक्त हो ? मैले गहिरिएर सालिकको कद हेरें र नेपाली सेनाकै कार्यक्रम भैसकेपछि कुनै ठेस लाग्ने वाक्यांश उठाउन उचित ठानिन ।
हाम्रो सेनाकै यो दैनिक सम्मानगारत सलामी अभियान भैसकेपछि सालिकको कद–उचाई र एकीकरण सम्राटको गरिमाप्रति गम्भीर बनेर भूँईंबाट निकै माथि उठेको मनमोहक देखिनु पर्ने छ र सालिक निर्माण गरौ, उनले भनेका छन्।
ठुलोआँगनका वरिपरिका घरहरूले एकीकरण सम्राट श्री ५ वडामहाराजधिराजको कद छेक्ने छैनन् । निकट दिनमै वडामहाराजधिराज पृथ्वीनारायण शाहको दरबारमा वहाँको प्रतिमा र राष्ट्रिय झण्डा फहराउने कुरामा बजगाईं बिस्वस्त छन्।