काठमाडौं । पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को कतारमा जारी विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।
एजुकेसन सिटी रंगशालमा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोलको नतिजमा पराजित गर्दै मोरक्कोले इतिहासमा पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको हो ।