दोलखामा माओवादीका गंगा कार्की विजयी

Top Post राजनीति समाचार

काठमाडौं। दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेद्वार कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरेका थिए । उनि संग पराजीत नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे । ३१८ मतको अन्तरमा कार्की बिजयी भएका हुन्।