गोरखा २ मा प्रचण्ड तेब्बर मतले अघि

Headlines राजनीति समाचार

गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले निरन्तर अग्रता कायम राखेका छन्। अहिलेसम्म ८५४० मत गणना भएको छ। सत्ता गठबन्धनबाट उम्मेदवार भएका प्रचण्डले अहिलेसम्म ४८३२ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले अहिलेसम्म १४२४ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले अहिलेसम्म ११७६ मत ल्याएका छन्। मतगणना जारी छ।