काँग्रेसको घोषणापत्र : वालवालिका र वृद्दवृद्दालाई निःशुल्क स्वास्थ्य सेवा

Headlines राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शनिवार पार्टी कार्यालय सानेपामा सार्वजनिक गरिएको घोषणा पत्रमा ३ वर्षमुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा दिने लगायतका विषय घोषणा पत्रमा समावेश गरिएको छ ।

प्रतिदिन सय डलर एक पर्यटकले खर्च गर्ने, १५ दिन नेपालमा बस्ने गरी वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भने त्यसका लागि विमानस्थलदेखि पर्यटकीय क्षेत्रका पूर्वाधार विकास गर्ने काँग्रेसको लक्ष्य छ ।

यस्तै सामाजिक सुरक्षा भत्ता ६८ वर्षबाट घटाएर ६५ वर्षमै दिने व्यवस्था गर्ने लक्ष्य लिइएको छ ।