गण्डकी गाउंपालिकाका अध्यक्ष तिमिल्सिना द्वारा आफ्नो पारिश्रमिक विद्यालयलाई प्रदान

राजनीति समाचार

गोरख । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले आंफुले पाएको पारिश्रमिक एक विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले एक कार्यक्रमका विच ज्ञानमार्ग मावि लाई ३६२०० रूपैयाँ हस्तान्तरण गरेका हुन् ।

आफ्नो प्रतिवद्धता अनुसार पारिश्रमिक विद्यालयलाई हस्तान्तरण गरेको अध्यक्ष तिमिल्सिनाले वताए।

उनले पहिलो महिनाको तलब ज्ञानमार्ग माविलाई दिएका हुन्। उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भई गत वैशाखमा चुनाव जितेका थिए।