काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रेस विज्ञको रूपमा मनऋषि धिताललाई नियुक्त गरेका छन् ।
२०५२ सालदेखि २०६२ सालसम्म चलेको १० वर्षे जनयुद्धमा तत्कालिन नेकपा माओवादीको मुख पत्र जनादेश भूमिगत शैलीमा लाखौं प्रति देशका कुना काप्चामा पुग्ने गर्दथ्यो ।
अर्थमन्त्री सचिवालय स्रोतका अनुसार पत्रकार मनऋषि धिताल अर्थमन्त्री जनार्दन शर्माको प्रेस बिज्ञको रुपमा नियुक्त भएका छन् । माओवादीको मुखपत्र जनादेश हाल बन्द छ । करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय धितालले अर्थमन्त्रालयलाई सञ्चार माध्यममैत्री र सञ्चार जगतसँग अझै नजिक ल्याउने विश्वास गरिएको छ ।