अध्यक्ष र उपाध्यक्षले दोहोरो सवारी सुबिधा नलिएको वारपाक सुलिकोट गाउंपालिकाको दाबी

समाचार

गोरखा ।गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले अध्यक्ष विष्णु भट्ट र उपाध्यक्ष सनमाया गुरुङको सवारी खर्चको बिषयलाई लिएर केही अनलाईन मिडियामा आएको समाचार सत्य नभएको भन्दै खण्डन गर्दै कुनैपनि दोहोरो सुविधा नलिएको दावि गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्य द्वारा हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष र उपाध्यक्षको सवारी खर्चको बिषयलाई लिएर केही अनलाईन मिडियामा आएको समाचार प्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ । पालिकको सम्बन्धीत व्यक्तिबाट समेत जानकारी नलिई प्रकाशित समाचारको भ्रममा नपर्न सबैलाई अनुरोध समेत गरिन्छ ।’

उनले गाउँपालिकाको आफ्नो सवारी अध्यक्ष र उपाध्यक्षको लागि भाडामा गाडी प्रयोगमा आएको भाडा (सवारी) खर्चबापत लिएको रकम गत चैत्र १४ गते फछर्यौट गरिएको तर महालेखाको प्रतिवेदनमा सफ्टवयरको कारण अन्तिम प्रतिवेदनमा समावेश नभएकोले बेरुजु देखिएको र आब २०७८/७९ मा दोहोरो सवारी सुबिधा नलिएको जानकारी गराए ।