उपसभामुख पदमा सांसद पुष्पा भुसाल बिजयी

Top Post राजनीति समाचार

काठमाडौ । प्रतिनिधि सभाको उपसभामुख पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल बिजयी भएकी छिन् ।

गौतमलाई नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजबादी , जसपा , लोसपा , राष्ट्रिय जनमोर्चा ले समर्थन गरेको थियो । आजको बैठकमा २४२ सासंसद उपस्थित रहेकोमा भुसालले १४८, मत प्राप्त गरे भने नेमकिपा मा सासंद प्रेम सुवालले कुनै पनि उम्मेदवारलाई मत दिएनन्

यसै गरी एमालेमा तर्फबाट उम्मदबार बन्नु भएकी बिद्या भट्टराईलाई नेकपा एमाले र राप्रपाले समर्थन जनाएको थियो ।

नेपालको संविधानमा सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअघि उपसभामुख रहेकी डा शिवमाया तुम्बाहाङफेले राजीनामा दिएपछि साढे २ वर्षदेखि उपसभामुख पद रिक्त थियो ।