धनुषा। जनकपुर उपमहानगरपालिका-८ रानीसती पेट्रोल पम्प नजिक बस्ने ७५ वर्षीया मातोश्वरी देवी साहको आफ्नै घरको दुई तल्ला माथि छतबाट लडेर शुक्रबार बिहान मृत्यु भएको छ ।
मुख धुने क्रममा अचानक भुइँमा लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।