चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउले भेटे प्रचण्डलाई

Top Post राजनीति समाचार

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

खुमलटारस्थित निवास पुगेर लिउले प्रचण्ड भेटेका हुन् । दुईजनाबीचको भेटवार्तामा माओवादी नेताहरू कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाललगायत सहभागी थिए ।