विदेशी मुद्राको सञ्चिति महिनामै १७ करोड डलरले बढ्यो

अर्थ समाचार

काठमाडौं । काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि निरन्तर घटिरहेको विदेशी मुद्राको सञ्चिति जेठ महिनामा बढेको छ ।
चालु आर्थिक वर्षको बैशाखको तुलनामा जेठमा १७ करोड अमेरिकी डलरले विदेशी मुद्राको सञ्चिति बढेको छ ।

०७९ बैशाख मसान्तसम्म ९ अर्ब २८ बरोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति जेठ मसान्तमा ९ अर्ब ४५ करोड डलर पुगेको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

आयातमा गरिएको कडाइ, रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, बैदेशिक अनुदान र ऋणमा वृद्धि भएपछि विदेशी मुद्राको सञ्चिति बढेको हो ।