उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिको सदस्यमा खनाल विजयी

समाचार

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिको सदस्यमा शुलभ खनाल विजयी भएका छन् । खनाल प्रगतिशिल समुहवाट प्रतिस्पर्धामा उत्रिएका थिए र सोहि समुहको नेतृत्व शान्तिराम खतिवडाले गरेका थिए ।

कार्यसमितिको अध्यक्ष पदमा शान्तिराम खतिवडा विजयी भएका छन् । उनले एक हजार ६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपानेले एक हजार २३ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिस्पर्धी नारायण खरेलले २८४ मत प्राप्त गरेका छन् । सचिवमा रवीन्द्रकुमार ढुङ्गाना, सहसचिवमा इन्दु कार्की र कोषाध्यक्षमा मिलन श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै अन्य सदस्यहरूमा रमति महर्जन, भवानी भट्टराई, ईश्वरप्रसाद पुडासैनी, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावण्यराज कार्की, धनजीत बस्नेत, सरिता आचार्य, रामकुमार खतिवडा, भावेश गौतम र सागर शर्मा विजयी भएका छन् ।