यौन दुर्व्यवहारको अभियोग लागेका सेन्ट लरेन्स कलेजका दुई शिक्षक जेल चलान

समाचार

काठमाडौं । जिल्ला अदालत काठमाडौँले चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए।

कलेजका विद्यार्थीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा उनीहरुलाई अदालतको आदेशमा डिल्लीबजारस्थित कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।