खाना पकाउने सिलिन्डर पड्केर गोरखाको शहिद लखनमा एक वृद्धाको मृत्यु

समाचार

गोरखा। गोरखाको शहिद लखन गाउंपालिका वडा ७ को वुङकोटमा खाना पकाउने ग्यांस पड्किएर आगलागी हुँदा एक जना वृद्धाको जलेर मृत्यु भएको छ। वडा ७ जामुनेकी ६९ वर्षीया केशरिमायाँ वस्तिको घरमा सिलिन्डर पड्किएर आगलागि हुँदा मृत्यु भएको हो।

आगलागीमा परेर शव पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। साथै घर र घरभित्र रहेका मालसामान पनि सबै जलेर नष्ट भएको छ।

घरमा आगलागी भएको आज बिहान मात्र थाहा भएको उनले बताए। आगलागी वाट के कति धनमाल जलेको छ, त्यसको तथ्यांक आउन अझै वांकि रहेको उनले वताए।