गोरखा। नेपाली कांग्रेसका उम्मेदवार तथा निवर्तमान मेयर राजनराज पन्तलाई हराउदै गाेरखा नगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रका कृष्ण रानामगर निर्वाचित भएका छन् ।
गाेरखा गरपालिकामा १४ छन् । वडा न १ देखि १३ सम्मकाे मतगणनाअनुसार राना मेयरमा निर्वाचित भएका हुन् । उनले ८ हजार २९५ मतका साथ अग्रता कायम राख्दै निर्वाचित भएका हुन् । तर, अन्तिम मतपरिणाम भने सार्वजनिक भएकाे छैन ।
उपविजेता बनेका पन्तले ६ हजार ४५६ मतका साथ पछ्याउँदै छन् । राना र पन्तकाे मतान्तर १ हजार ८३९ रहेकाे छ । वडा न १४ मा १ हजार ४०१ मत गन्न बाँकि छ । २०७४ काे स्थानीय निर्वाचनमा रानाले पन्तलाई ६ हजार ५६० मतका हराएका थिए भने उपविजेता बनेका रानाले ५ हजार २६ मत पाएका थिए ।