२६ चैत, गोरखा। शहिद लखन गाउपालीका वडा-७ बुङकोटले एक कार्यक्रमका विच विभिन्न क्षेत्रका करिव डेढ सय जनालाइ सम्मान तथा कदर पत्र प्रदान गरेको छ ।
यस आर्थिक वर्षको योजना कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम गरेको वडा ७ का वडाध्यक्ष शरण श्रेष्ठले वताएका छन् ।
जनप्रतिनिधीको जिम्बेवारी सम्हाले पश्चात् हाल सम्म वडाको नितिगत निर्णय,समग्र बिकास निर्माण,सामाजिक-आर्थिक बिकास,सुचना-प्रवाह,बिबिध गतिबिधी,कार्यहरुमा सह-कार्य,समन्वय,सहजिकरण,सदभाव र वडाको बिभिन्न कार्यक्रमहरुमा बिशेष सहयोग गर्नु हुने सरकारी कार्यालय,संघ/सस्था एवं ब्यक्तिहरु लाई एक कार्यक्रमका माझ कदर-पत्र र सम्मान-पत्र बितरण गरिएको हो।
प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण ब्यक्तित्व,संघ/संस्थाहरु वडाले आभार सहित धन्यबाद पनि प्रकट गरेको छ। विभिन्न राजनितीक दलका ५ जना,वडा-७ मा कार्यरत कर्मचारी-७ जना,बुङकोट स्वास्थ्य चौकीका कर्मचारी-८ जना,वडा भित्रका समुदायीक बिधालयका ब्यवस्थापन समितीका अध्यक्ष-४ जना,सामुदायीक बिधालयका प्र.अ-४ जना,निजि बिधालय-१ जना,शिक्षक-१ जना,वडा भित्रका टोल बिकास संस्थाका-३० जना,वडा भित्रका बुदिजिवी,समाजसेवी-२५ जना,वडाको बिबिध कार्यक्रम सहयोग गर्नु हुने-१८ जना,नेपाल रेडक्रस बुङकोट शाखा-१ जना,वडा भित्रका स्वास्थ्य स्वयमसेवीका-५ जना(१ जना नि.वर्तमान) लाई सम्मान पत्र तथा कदर-पत्र बितरण गरिएको छ।
त्यसैगरी कोभिड १९ आपतकालीन कोषका बुङकोट वाट ९ जना,बुङकोट प्रहरी चौकीका १ जना, खानेपानी तथा सरसफाई उपभोत्ता समिती तर्फ ६ जना, सामुदायीक बन तर्फ-७ जना,सहकारी तर्फ-४ जना,खेलकुद तर्फ -४ जना,वडा भित्रको सबै भन्दा जेष्ठ तर्फ पुरुष-१ जना, महिला-१ जना,बिधुत प्राबिधिक तर्फ-१ जना र सामुदायिक सिकाई केन्द्र तर्फ-१ जना लाई सम्मान पत्र तथा कदर-पत्र बितरण गरिएको छ।
सो कार्यक्रममा शहिद लखन गाउंपालिका उपाध्यक्ष ईन्दिरा तिवारी, वडा ७ का अध्यक्ष शरण श्रेष्ठ र स्थानियहरूको वाक्लो उपस्थिति रहेको थियो ।