बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटी पुनः माओवादीमै फर्किए

Headlines राजनीति समाचार

२२ चैत, काठमाडौं। नेकपा एमाले प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) पुनः माओवादी केन्द्रमा फर्किएका छन।

उनी २०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा भएको कार्यक्रममा डल्लाकोटीलाई एमाले प्रवेश गराएका थिए ।

उनले आफुले आबेगमा आएर निर्णय लिएको भन्दै आत्मआलोची हुँदै माओवादी केन्द्रमै रहेको आज जारी प्रेस नोटमा उल्लेख गरेका छन् ।