होटल हायात प्लेसले सार्वजनिक गर्यो “अनविन्ड अफर”

पर्यटन मनोरन्जन समाचार

२९ फागुन, काठमाडौं । काठमाडौंको ताहाचलमा रहेको हायात प्लेसले ग्राहकहरूलाई लक्षित गरेर विशेष अफर सार्वजनिक गरेको छ। “अनविन्ड” नाम दिईएको अफरलाइ फाल्गुन २९ गते देखि जिङ् स्काई वार एण्ड लाउन्जवाट संचालनमा आएको छ । विभिन्न अफरको कार्यक्रमहरू मध्य अनविन्ड अफर पनि होटलले सार्वजानिक गरेको छ।

लगभग ५ अर्वको लगानीमा भर्खरै संचालनमा आएको होटलले ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै धेरै प्रकारका अफरहरू ल्याउने गरेका छन् । अनविन्ड अफर अर्थात् ह्याप्पि आवरमा एकदम सस्तोमा खाना र पेय पदार्थ पाईने होटलले जनाएको छ।

उक्त अनविन्ड अफर भने वेलुकि ४ वजेदेखि ७ वजेसम्म मात्र संचालनमा आउने भएको छ। उक्त अफरलाई धेरै ग्राहकहरूले रूचाउने अपेक्षा होटलले राखेको छ। उक्त ईभेन्टलाई विश्वकै प्रख्यात व्रान्ड, जोनि वाकरले प्रायोजन गरेको छ।

हायात प्लेसका असिस्टेन्ट जनरल मेनेजर- फुड एण्ड वेभरेज प्रकाश गुरूङ्का अनुसार, अनविन्ड अफरले सवै वर्ग होटलमा आएर खाना र पेय पदार्थको मज्जा लिन सक्नेछन्। कोरोना वाट थला परेको पर्यटनलाई उकास्नको निम्ति यस्ता अफरहरूले सहयोग पुग्ने दावी गुरूङले गरेका छन् ।