पर्यटन सुधारका लागि टुर अपरेटरहरूले दिए मन्त्रालयलाई सुझाव

पर्यटन समाचार

८ फागुन, काठमाडौं । कोभिड पछि पर्यटन क्षेत्रमा सुधारका टुर अपरेटरहरुको प्रतिनिधित्व गर्दै ५ जना पर्यटन व्यवसायीहरुले संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विभिन्न सुझावहरु दिएका छन् ।

कोभिड महामारीको सुधारोन्मुख अवस्थामा अवलम्बन गरिनुपर्ने नीतिहरु लागू गर्न पाँच बुँदे अपिल जारी गरेका हुन् ।

कोरा टुर्सका म्यानेजिङ डाईरेक्टर बिजय अमात्य, सिता वल्र्ड ट्राभल्स (नेपाल) का महाप्रबन्धक दिनम लामिछाने, सोसल टुर्सका अध्यक्ष राज ज्ञवाली, आर्य भिलेज टुर्सका अध्यक्ष बिनोद अधिकारी र एक्स्प्लोर हिमालय ट्राभल्स एण्ड ऐडभेन्चरका अध्यक्ष सुमन पाण्डेले सयुक्त रुपमा सुझाव दिएका हुन् ।

यस्ता छन् सुझावहरु
१) पुरा प्राथमिक मात्रा भ्याक्सीन लगाएको हकमा आगमन तथा बहिर्गमनको अवस्थामा कुनै कागजात आवश्यक नपर्ने ।

२) पुरा प्राथमिक मात्र नलगाएको हकमा आगमनमा ७२ घण्टे पि.सि.आर लागु गर्ने ।

३) २ हप्ता देखि ९० दिन अघि सम्म कोभिड संक्रमण भएका यात्रुहरुको हकमा आगमनमा पि.सि.आर अनिवार्य नगर्र्ने ।

४) बहिर्गमनको हकमा, यात्राको गन्तब्य, ट्रान्जिट मुलुक र सम्बन्धित हवाई सेवाको निति बमोजिम मात्र कागजात माग गर्ने ।

५. माथि उल्लेखित बुदाँ बाहेक विश्वभर नै कोभिड सम्बन्धि प्रतिबन्धहरु खुल्दै गएको सन्दर्भमा आगामी दिनमा कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्दको अनलाईन फारम भर्नुपर्ने बाध्यात्मक व्यवस्था माथि पुर्नविचार गर्नुपर्ने देखिन्छ । कोभिड महामारीका बाबजुद पनि सुरक्षित यात्रा व्यवस्थापन गर्ने कुरामा नेपाली टुर अपरेटर्सहरु प्रतिबद्ध रहेका छौ ।