२६ मंसिर, काठमाडौं । मंसिर २४ अर्थात् शुक्रबार लुना रेस्टुरेन्ट,ठमेलमा जेसीआइ काठमाडौं लेडी को ४३औ बार्षिक साधारण सभा तथा २६ औ शाखा अधिबेशन २०२१ सम्पन्न भएको छ।
सन् १९७८ मा स्थापना भएको जेसीआई काठमाडौं लेडी एक सामाजिक संस्था हो। सामाजिक सेवाको साथै व्यक्तित्व र नेतृत्व बिकास गर्न सहयोग पुर्याउने यस संस्थाको मुख्य उदेश्य हो।स्थापनाकालदेखि नै सामाजिक,आर्थिक तथा समय अनुरुप नेतृत्व र व्यक्तित्व बिकास आदि विभिन्न क्षेत्रहरुमा विभिन्न कार्यहरु सफलता पुर्वक सम्पन्न गर्दै आइरहेको छ।
सन् २०२१ का अध्यक्ष जेसी रिन्कु बजाचार्य श्रेष्ठज्युको सभापतित्वमा प्रमुख अतिथि सृजना माली,अतिथि जेसीआई काठमाडौं लेडीका सन् १९९९ का अध्यक्ष साथै सन २००० का जेसीआई VP SEN कृति तुलाधरज्यु हुनुहुन्थ्यो। आस्था पाठ नि-बर्तमान अध्यक्ष जेसी नगिना नकर्मी ज्युले गर्नु भएको थियो भने,स्बागत मन्तब्य २०२१ का कार्यकारीणी उपाध्यक्ष जेसी सुनिता राजभण्डारी ज्युले गर्नु भएको थियो भने बर्ष भरी को कार्यक्रम को रीपोर्ट २०२१ का महासचिव जेसी सोनी श्रेष्ठज्युले पदेर सुनाउनु भएको थियो भने Guest Speaker ज्युले महिलाको हक,हित र अधिकार सम्बन्धि एक्दम महत्त्वपूर्ण भनाइ राख्नु भएको थियो।२०२१ का अध्यक्ष ज्युले आफ्नो छोटो मिठो भनाइ साथै बर्ष भरी को कार्यक्रम को विवरण सुनाउनु भएको थियो।
काठमाडौं लेडी को ४३औ बार्षिक साधारण सभा तथा २६ औ शाखा अधिबेशन २०२१ का सभापतित्व जेसी रिन्कु बजाचार्य श्रेष्ठज्यु , निर्वाचन आयुक्त कमिटीमा २०१६ का अध्यक्ष सुनिता श्रेष्ठज्यु साथै सहयोगीमा २०१७ का अध्यक्ष सजना नकर्मीज्यु बाट सर्बसम्मत २०२२ का लागि नयाँ बोर्ड चिनिएको थिए जस अन्तर्गत
अध्यक्षमा सोनी श्रेष्ठ र कार्यकारीणी उपाध्यक्षमा क्रमश, सबिना श्रेष्ठ, मिलि श्रेष्ठ, सर्मिला नकर्मी चयन भएका थिए। त्यस्तै महासचिवमा कमला गुरुङ प्रधान र कोषाध्यक्षमा शिल्भि नकर्मि चयन भएका थिए। स्वेच्छा रन्जित, शाइना ताम्राकार, विना महर्जन श्रेष्ठ, दिल शाहि, माला थाहा मगर, शान्ता भट्टराई उपाध्यक्ष मा चयन भएका छन्।