प्रधानमन्त्री देउवा देवानगन्ज जाँदै, कालो मास्क प्रतिबन्ध

Top Post समाचार

०५ मंसिर, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको सुनसरीको देवानगन्ज गाँउपालिकाको भवन उद्घाटनका लागि पूर्व भ्रमणमा छन् । आज अपराह्न उनले गाउपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

उनको स्वागतका लागि नेपाल-भारत सीमा बन्द गरिएको छ भने कार्यक्रमस्थलमा कालो मास्क प्रतिबन्ध गरिएको छ । प्रवेशद्वारमा खटिएका प्रहरीले कालो मास्क लगाउनेलाई प्रवेश रोक लगाउँदै नयाँ सर्जिकल मास्क दिएर पठाउँदै छन् ।

देवानगन्जमा प्रधानमन्त्रीले बिपि स्मृति प्रतीमा उद्घाटन गर्ने कार्यक्रम छ भने वडा नं १ स्थित वडा कार्यलयको भवन उद्घाटन गर्ने बताइएको छ ।