६ भाद्र, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले केही दिनअगाडि भानुलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका हुन्। देउवा पहिले प्रधानमन्त्री हुँदा पनि भानु नै स्वकीय सचिव थिए।
साथै नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको निजी सचिवमा पनि भानु देउवाले नै काम गर्दै आएका थिए।