३१ साउन, काठमाडौँ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवान समूहले काबुललाई पनि नियन्त्रणमा लिनु पूर्व उनले देश छाडेका विवरणहरु आएको बीबीसीले जनाएको छ ।
उनी देश छाडेर ताजकिस्तानतर्फ गएका रिपोर्टहरु सार्वजनिक भएको बीबीसीले जनाएको छ । उनीसँगै उपराष्ट्रपति अमरुल्लाह सलेह पनि देश छाडेका विवरणहरु आएको बीबीसीले जनाएको छ ।
तालिबान समूहले देशका अधिकांश प्रान्तहरुमा कब्जा जमाएपछि राष्ट्रपति घानीलाई राजीनामाको दबाब आएको थियो ।अफगानिस्तानबाट अमेरिकी सेनाले फिर्ता भएसँगै १० दिनयता तालिवान समूहले देशका अधिकांश भागमा कब्जामा लिएको छ ।