ओलीको कित्तामा नारायणकाजी

Headlines राजनीति समाचार

२० साउन, काठमाडौं । माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले प्रतिनिधिसभा विघटनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको वक्तव्य राष्ट्रिय सभामा दिएका छन्। सो धारणा राखेका माओवादी केन्द्रका नेता श्रेष्ठ ओलीको कित्तामा रहेको प्रष्ट पारेका छन् ।

माओवादि केन्द्रका एक नेताका अनुसार, मन्त्री पद नपाउने पक्का भएपछि उनले आक्रोश पोखेका जनाएका छन् । उनले भने, जिम्मेवार व्यक्तिले यो प्रकारको तर्क गर्दा पार्टीको बदनाम हुन्छ।

प्रतिनिधि सभा विघटनको जिम्मेवार ओली भएपनि त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवारीबाट पन्छिन नमिल्ने उनले बताए ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘यो मुलुकको यो बेहाल र दुराअवस्थाका निम्ति त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए ।’

श्रेष्ठले विगतमा गरिएका कमजोरीलाई सच्याउन आवश्यक रहेको समेत बताए । उनले भने, ‘हामीले विगतमा गरेका कमीकमजोरीलाई निर्मम ढंगले समीक्षा गरी सच्याउनु जरुरी छ ।’