प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित दुई कार्यसूचि

Top Post समाचार

१९ साउन, काठमाडौं । प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक मंगलबार (आज) बस्ने भएको छ। आज दिउसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ।

सचिवालयले सूचना जारी गर्दै पहिलो कार्यसूचिमा प्रधानमन्त्री देउवाद्वारा आर्थिक वर्ष २०७६÷७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि सार्वजनिक गरेको छ।

दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको सचिवालले जारी गरेको सूचनामा उल्लेख छ।