NRNA जापानको चुनावमा भारतवाट समेत मतदान भएको आशंकामा विजयी सदस्यवाट नै छानविनको माग

अन्तरास्ट्रिय समाचार

१९ साउन, जापान । गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यकालको लागी भएको निर्वाचनमा भारतको ऊडिसा राज्य बाट ४०२ मत काठमाडौ लगाएत पोखरा बाट करिब २/३ सय हाराहारीमा मत र १ हजार यन तिरेर सदस्यता लिगेका हजारौ जापानबासी नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको विषय सहितका स-प्रमाणहरु सामाजिक संजालमा छ्याप्प छ्याप्ती भए पश्चात निर्वाचनको क्रममा विजयी भएको भनिएकी केन्द्रिय सदस्य लक्ष्मी महर्जन केसिले छानबिनको लागी माग गरेकि छिन् ।

केसिले आफ्नो फेसबुक वालमा लेखेकि छिन्, “कस्ले भन्छ बोल्न पाईन्न भनेर म बोल्छु र कहिकतै गलत भएमा सजाय भोग्न पनी तयार हुनेछु। धान खाने मुसो चोट पाउने भ्यागुतो भैरहेकोछ यहाँ। बिभिन्न बाधा अडचन सहित अधिबेसन सम्पन्न भए पनी यो जित मेरोलागी त्यती अर्थपुर्ण रहेन त्यसकारण कसैलाई शुभकामना दिन पनी सकेको छैन र लिन पनी।

प्रतिबद्धता,निरन्तरता,इमान्दारिता र बिबेकशिलताले प्रत्येक व्यक्तिको आफ्नो सच्चा परिचय दिएको हुन्छ जो सधै नैतिक धरातलको उचाइमा हुन्छ। हिजोको दिनमा यस संस्था भित्रका गतिबिधी र निर्बाचनमा देखिएका अनेकौ त्रुटिले गर्दा जापानमा नेपाली समाज केहि निराश भयको पक्कैछ,यद्दपी हामीहरुले नै हो यस सस्थांलाइ सच्चाउने, बचाउने, हामीले नगरे कसले गर्ने ? भन्दै फेसवुकवाट केसिले प्रश्न गरेकि छिन् ।

केसिले थप भनेकि छिन्, १७०० मतदाताको ईमेल फेरबदल भएको र निर्वाचनमा भोटिङ्ग अनियमिता भनेर बाहिर आईसके पछी कि हुदै लक्ष्मी भनेर बोल्न सक्नु पर्यो हैनभने मैले चुनाव जितीसके भनेर नबोल्दा भोलिलाई झनै गार्हो पर्नसक्छ। हामी चुनाव जितेका बिजेताहरुले पनी सत्यतथ्य छानबिन भई दोषी ऊपर कानुन बमोजीम कार्बाही हुनैपर्छ भनेर बोल्नु पर्छ। यदी भोटिङ प्रक्रियाबाट गलत तरीकाको मत मेरो उम्मेद्वारीमा खसेको भए मेरोलागी पनी घातक हुनेछ, हिजोका सम्पुर्ण त्रुटिलाई समयमै सच्चाउन आ-आफ्नो तवरले आवाज बुलन्द पारौ सहि सुचना प्रवाह गरौ।

जब हामी सहमति सहकार्य गरि NRNA जापानमा गर्विलो उपस्थिति देखाउदैनौ तबसम्म निर्णायक भूमिकामा पुग्न निकै कठिन हुन्छ, ब्यक्तिगत स्वार्थले हाम्रो एकतालाई सधै कमजोर बनाउन माहिर हुनेछ, हामी आजको यस परिस्थिमा सम्पुर्ण जापानका अग्रज एबम अभियन्ताहरु एकढिक्का भई सयंमित रहि सस्थांलाई आम नेपाली बिचमा अरु कम्जोर हुन बाट बचाउन सक्नुपर्छ, जति समस्याहरु छन् बसौ कुरा गरौ ,टेबल मा बसौ निस्कर्ष निस्किन्छ निकायहरुलाई घच्घच्याउ, दबाव दिउं, रमिते बनि एक अर्का बिचमा शक्ति प्रदर्शन नगरौ, NRNA का स्वच्छ अभियन्तालाई हर्ट हुन्छ !! भयका कमि कमजोरीलाई समिक्षागरि निस्कर्ष निकालौ ,आपसमा लडाई गरेर NRNA जापान कुनै गन्तव्यमा पुगिदैन सबैको समन्वय अत्यन्त जरुरी छ। “ भन्दै सत्य तथ्य छानबिनको लागी आवाज बुलन्द पारेकि छिन्।

बिबादित भनिएको निर्वाचन मत परिणाम घोषणा भए पश्चात केहि विजयी भनिएका ऊमेद्ववारहरु खादा,माला र अविरमा व्यस्त देखिए पनि अधिकांसले भने धादली भएको स-प्रमाण सामाजिक संजालमा आए पश्चात खुसी व्यक्त गर्न नसकेको जानकारी दिएका छन्।

प्रविधिको मुलुक भनिएको देश जापानमा बसेका नेपाली समुदायहरुले विगतका दिन देखिनै ( प्रविधि) अनलाईन प्रणाली बाट भएका निर्वाचनमा सधै प्रश्न गर्न परेकोले सम्पुर्ण जापानबासी नेपालीहरु दुखित भएको समेत पाईएको छ। अनलाईन प्रणालीबाट हुने निर्वाचनमा विशेष अधिकार राख्ने निर्वाचन समितिको अयोग्यता अथवा मिलेमतो भएको हुन सक्ने आशंन्का समेत गरिएको प्राप्त हुन आएको छ।

निर्वाचनमा मिलेमतो संगै जाल,झेल भएको प्रमाण सहित अधिकाश ऊमेद्ववारहरुले अध्यक्ष मण्डल, एसिया प्यासिफिक र आईसिसि लाई समेत छानबिनको माग सहित दोषी लाई कडा भन्दा कडा कार्बाहि गर्न माग गर्दै निवेदन बुझाए पश्चात अध्यक्ष मण्डलले NRNA जापानका संस्थापक अध्यक्ष राजन प्रधानगको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएर प्राप्त प्रमाणको आधारमा छानबिन कार्यलाई अगाडि बढाएको छ।

विजयी भनिएका ऊमेद्ववारहरु बाट समेत छानबिनका लागी यसरी आवाज बुलन्द हुन थाले पश्चात आफ्नो मताधिकार चोरिएका मतदाताले न्याय पाँऊन सक्ने आधारहरु भने बलियो हुदै गएको छ।