मन्त्रीको नाम टुंगो लगाउन माओवादीको वैठक बस्दै

समाचार

१८ साउन, काठमाडौं । आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । आजको बैठकले माओवादी केन्द्र सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक आज ३ बजे पार्टी कार्यलय पेरिसडाडामा बस्नेछ।

‘पार्टीले आज माओवादीका तर्फबाट मन्त्री टुंगो लगाएर भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको छ’, माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने ।

आइतबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता श्रेष्ठले नेकपा एमालेको माधव नेपाल समूहले सरकारमा जाने–नजाने निर्णय गर्न केही समय पर्खन भनेकाले ढिलाइ भएको र अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना नदेखिएको ‘बिफ्रिङ’ गरेका थिए । त्यसैले अब मन्त्रालय भागबण्डा गरेर सरकारलाई पूर्णता दिने पक्षमा माओवादी केन्द्र पुगेको हो । त्यसैले आजको बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने नेताहरुले बताएका छन् ।