उपत्यका भित्र निषेधाज्ञा खुकुलो बनाइ थप्ने तयारी

Headlines समाचार

२० असार, काठमाडाैं । थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबारसम्म छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी गरेका छन्।

सम्भवत आज बेलुकीसम्म बैठक बस्नेछ । सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन् । पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ ।

ललितपुरका प्रमख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज बेलुकी वा भोलिसम्म बैठक गरेर निर्णयमा पुगिने बताए । गत वैशाखदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको थियो।