थप २,६३६जना संक्रमित, २० को मृत्यु

Top Post समाचार स्वास्थ्य

१५ असार, काठमाडाैं । मंगलबार थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

७ हजार २ सय ५९ जनामा पिसिआर परीक्षण गरिएकोमा १७२८ र ४४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा संक्रमण देखिएको हो।

त्यस्तै थप २० जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।