गोरखामा निषेधाज्ञा १ हप्ता थपियो, खाद्यान्न पसल ११ बजेसम्म खोल्न पाइने

समाचार

४ असार, गोरखा । गोरखामा निषेधाज्ञाको अवधि एक हप्ता थप गरिएको छ ।जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रवारको बैठकले यही असार १२ गतेसम्म निषेधाज्ञा लम्व्याउने निर्णय गरेको हो । यसअघिको बैठकले असार ५ गतेसम्मका लागी निषेधाज्ञा जारी गरेको थियो ।

पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्ने पसलहरु संचालन गर्न पाइने भएको छ । बिहान ५ बजे देखि दिउँसो १ बजेसम्म खुल्न पाउने निर्णय बैठकले गरेको हो । सामुदायिक बिद्यालयको हकमा पुस्तक व्यवसायीले आवश्यक पुस्तक बिद्यालयसम्म पुर्‍याइदिनुपर्ने छ । खाद्यान्न, तरकारी तथा फलफूलका पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म संचालन गर्न पाइने छ ।