१४ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य स्थिति जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।
पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ ।