१२ जेठ, गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाको वडा ७ मा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पालिकाको वडा नम्बर ७ मा ४० जनामा गरिएको पिसिआर परिक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वडा नम्वर ७ बुङकोट स्थित स्वास्थ्य चौकीमा संकलन गरिएको ४० जनाको पिसिआरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।