पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना संक्रमण पुष्टि, १२९ जनाको मृत्यु

Top Post समाचार स्वास्थ्य

८ जेठ, काठमाडौं । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।