८ जेठ, काठमाडौं । गोरखाको शहिद लखन गाउंपालिका वडा नम्वर ७ का एक जना महिलाको कोरोनावाट मृत्युु भएको छ।
मृतक महिलाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको वडा ७ का अध्यक्ष शरण श्रेष्ठले वताए।
श्रेष्ठका अनुसार, प्रहरी अस्पतालमा उपचार गराएर घर फर्केका थिए र एक्कासि अप्ठ्यारो भएपछि पुन विपि स्मृति अस्पताल भर्ना गरिएको थियोे ।
श्रेष्ठले फेसवुक मार्फत गहिरो समवेदना पनि व्यक्त गरेका छन्।