आन्तरिक विवाद हल गर्न एमाले कार्यदलको बैठक वस्दै

Top Post राजनीति समाचार

४ जेठ काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानको लागि गठित कार्यदलको पहिलो बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको पछिल्लो भेटवार्तामा दश सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो र, उनीहरुले कार्यदलमा बस्ने नेताहरुको नाम समेत टुँगो लगाएका थिए ।

ओली पक्षबाट सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट भने डा. भीम बहादुर रावल, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन् । नेपाल पक्षले भने पार्टीलाई ०७५ जेठ २ गते फर्काउनुपर्ने अडान राखेको छ । यसमा ओली पक्ष सहमत भैसकेको छैन् ।

अध्यक्ष ओली र नेता नेपालले तीन दिनको समयसिमा दिएर विवाद समाधान गर्न कार्यदललाई भनेका छन् । तर, कार्यदल गठन भएको आज दोस्रो दिन हो ।