२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ। शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो।
पिसिआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।