२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड- नेपाल समूहले बिहीबार आम हड्ताल गर्ने भएको छ। पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो। यसको लागि आम हड्ताल घोषणा गर्न दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रूपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।
संवैधानिक निकायहरूमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड- नेपाल समूह समेत आपत्ति जनाएको छ।