२० पुस, काठमाडौं । कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ। सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएको प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भारतीय एसएसबीले गोली चलाउदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक नल प्रस्ताव उपाध्यायले जानकारी दिए ।